जनकपुरधाम— नेपाल सद्भावना पार्टीले धनुषा जिल्ला कार्य समिति विस्तार गरेको छ ।
शनिवार मुरारी लाल कर्णको अध्यक्षतामा १३ सदस्य धनुषा जिल्ला कार्य समितिको विस्तार गरिएको हो ।
विस्तारित समितिको उपाध्यक्षमा आशिष गुप्ता र बुधन साह, सचिवमा पुरुषोत्तम साह रहेका छन् ।

यस्तै सदस्यहरुमा श्रीकृष्ण मण्डल, राम सतिश कुमार साह, रंजीत कुमार राम, रफिक बैठा, विष्णु कुमार प्रसाद राउत, अनिल कुमार रजक, बिजेन्द्र कुमार पासमान, रामशंकर महरा र मुकेश कुमार पँजियारलाई सर्वसम्मतिले चयन गरिएको पार्टीका प्रवक्ता पवन कुमार साहले जानकारी दिए ।
नव पदाधिकारीहरुलाई पार्टीका राष्ट्रिय अध्यक्ष राम कुमार महतोले टीका र माला लगाई सम्मान गर्नुका साथै प्रमाणपत्र समेत वितरण गरेको साहले बताएका छन् ।










