धनुषा— गणेशमान चारनाथ नगरपालिका– १० बरमाझियाबाट हराइरहेकी छ वर्षीया बालिकाको शव फेला परेको छ ।

सोमबार विहान घरबाटै  हराइरहेकी प्रीति यादवको शव आज इनारमा फेला परेको हो ।

बालिका पिता वीरेन्द्र यादवका अनुसार  सोमबार बिहान ९ बजे घर नजिकै रहेको पसलबाट चकलेट किनेर फर्कने क्रममा उनी बेपत्ता भएकी थिइन् ।

बालिकाको शव घरदेखि ५०० मिटरका दूरीमा रहेको इनारमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Skip