document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 413;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- बलिउड नायिका करिना कपुर खानले दोस्रो सन्तान जन्माउँदै छिन्। उनी अभिनेता सैफ अलि खानकी दाेस्राे पत्नी हुन्।
खान परिवारले बुधबार वक्तव्य जारी गर्दै आफ्नो परिवारमा अर्काे नयाँ सदस्यको आगमन हुन लागेको जानकारी दिएको हो। वक्तव्यमा भनिएको छ– ‘हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाइमा छौं भन्नाे खबर सुनाउन पाउँदा निकै खुसी छौं। हाम्रा शुभचिन्तकका माया र समर्थनका लागि सधैं आभारी छौं।’
करिनाले अर्काे सन्तान जन्माउनेबारे साामाजिक सञ्जलमा यसअघिदेखि नै चर्चा भइरहेकाे भए पनि खान परिवार भने यसबारे बुधबार जानकारी दिएकाे हाे। यसअघि करिनाले सन् २०१६ मा पहिलो सन्तान तैमुर अली खान जन्माइसकेकी छन्। करिना कपुर, सैफ अली खानकी दोस्री श्रीमती हुन्।
सैफकी पहिलो पत्नी अमृताबाट दुई सन्तान (सारा अली खान र इब्राहिम अली खान) छन्। प्रशंसकले सामाजिक सञ्जालमार्फत करिना र सैफलाई बधाई दिइरहेका छन्।









