document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4122;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— पूर्व प्रधानमन्त्री एवम् सङ्घीय समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी राजनीतिक बन्दी भएको जिकिर गरेका छन् ।
आइतबार संसद्लाई सम्बोधन गर्ने क्रममा अध्यक्ष भट्टराईले रेशम चौधरीको मुद्दा थरुहट आन्दोलनको एउटा पाटो भएको भन्दै यो मुद्दालाई राजनीतिक घटनाका रूपमा बुझ्नुपर्ने बताएका हुन् ।
कैलालीबाट प्रत्यक्ष निर्वाचन जितेका रेशम चौधरीलाई लामो समयदेखि जेलमा राखिएको भन्दै उक्त घटनालाई राजनीतिक घटनाका रूपमा बुझ्नुपर्ने भट्टराईले बताए ।
उनले भने, ‘माननीय रेशम चौधरी थरुहट विद्रोहकै एउटा बन्दी हुन्, यसमा किन्तु परन्तु छैन । हामीले यसमा कुनै उपाय निकाल्न सकिन्छ ।
झापा आन्दोलन, टिमुरबोटे र ओखलढुङ्गा काण्ड, जनयुद्धका समस्याहरू हल गर्यौँ भने टिकापुर थारु विद्रोहको हल किन गर्न नसक्ने ? त्यसकारण त्यहाँ पनि हल निकाल्न सकिन्छ । जहाँ इच्छा त्यहाँ उपाय भनिन्छ । त्यसैले त्यसलाई हल गरौं ।’










