काठमाडाैं— जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षले आफूहरू मिलेर जान नसक्ने भन्दै नियमानुसार गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
आयोगमा मंगलवार भएको छलफलपछि नेता अनिल झाले आफूहरू मिलेर जान नसक्ने कुरा आयोगसमक्ष बताएको जानकारी दिए ।
‘माइन्युटको लास्टमा लेखिएको छ, हामीहरू मिल्न सहमत नभएकाले अब नियमानुसार जाने,’ नेता झाले सञ्चारकर्मीहरूसँग भने ।
‘आयोगमा हामीले छुट्टिने सहमति गर्यौं, कसरी छुट्टिने भन्नेबारे आयोगले निर्णय गर्ला,’ झाले थपे ।
यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव र यादव पक्षले ठाकुर पक्षका नेताहरूमाथि कारवाही गरेर निर्वाचन आयोगलाई जानकारी गराएका थिए ।
दुवै पक्षले गरेको कारवाही प्रक्रियासम्मत नभएको भन्दै आयोगले जसपाको दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
२०७७ वैशाख १२ गते तत्कालीन संघीय समाजवादी फोरम र जनता पार्टी मिलेर जसपा बनेको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन उपेन्द्र पक्षले हस्ताक्षर गरेपछि जसपा विभाजनउन्मुख भएको थियो ।
साभारः लोकान्तर डटकम











