काठमाडाैं— जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षले आफूहरू मिलेर जान नसक्ने भन्दै नियमानुसार गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

आयोगमा मंगलवार भएको छलफलपछि नेता अनिल झाले आफूहरू मिलेर जान नसक्ने कुरा आयोगसमक्ष बताएको जानकारी दिए ।

‘माइन्युटको लास्टमा लेखिएको छ, हामीहरू मिल्न सहमत नभएकाले अब नियमानुसार जाने,’ नेता झाले सञ्चारकर्मीहरूसँग भने ।​

‘आयोगमा हामीले छुट्टिने सहमति गर्‍यौं, कसरी छुट्टिने भन्नेबारे आयोगले निर्णय गर्ला,’ झाले थपे ।

यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव र यादव पक्षले ठाकुर पक्षका नेताहरूमाथि कारवाही गरेर निर्वाचन आयोगलाई जानकारी गराएका थिए ।

दुवै पक्षले गरेको कारवाही प्रक्रियासम्मत नभएको भन्दै आयोगले जसपाको दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

२०७७ वैशाख १२ गते तत्कालीन संघीय समाजवादी फोरम र जनता पार्टी मिलेर जसपा बनेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन उपेन्द्र पक्षले हस्ताक्षर गरेपछि जसपा विभाजनउन्मुख भएको थियो ।

साभारः लोकान्तर डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip