विशेष रिपोर्ट

सञ्चालनमा नआउँदै भासियो सिरहा–धनुषा जोड्ने कमला पुल

657 Shares जनकपुरधाम— हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल भासिएको छ । सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको […]
[sharethis-inline-buttons]
सञ्चालनमा नआउँदै भासियो सिरहा–धनुषा जोड्ने कमला पुल

जनकपुरधाम— हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीको पुल भासिएको छ ।

सो पुलको निर्माण सम्पन्न भइ हस्तान्तरणको चरणमा पुगेको जनाइएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलका अनुसार पुलको १२ स्पानमध्ये एउटा स्पान एक फिट भासिएको छ ।

रू. २४ करोड ४२ लाखका लागतमा सम्पन्न भएको सो पुलको निर्माण गर्न शुरुआतमा पप्पु कन्सट्रक्सनले ठेक्का पाएको थियो ।

सो कम्पनीले समयमा पुल निर्माण नगरेपछि लुम्बिनी विल्डर्सलाई ठेक्का दिइएको थियो । सो कम्पनीले यही असार १३ गते निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता गरेको बताइएको छ । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर