document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3730;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी— दोस्रोपटक आमा बनेकी बलिउड अभिनेत्री करीना कपूरको नयाँ भूमिकाले चर्चा पाएको छ । उनले नयाँ फिल्ममा ‘सीता’को भूमिकाको लागि १२ करोड (भारतीय रुपैयाँ ) मागेपछि उनी चर्चामा आएकी छन् ।
उनले फिल्मका लागि अत्यधिक रकम माग गरेको भन्दै सामाजिक सञ्जालमा उनलाई ‘सीता’को भूमिका दिन नहुने बताएका छन् । उनीहरुले ६ देखि ८ करोड पारिश्रमिक लिने करीनाले १२ करोड मागेपछि उनको धेरैले विरोध गरेका छन् ।
करीना पारिश्रमिकका कारण चर्चामा आएपछि बलिउड अभिनेत्री तापसी पन्नुले यस विषयमा चासो व्यक्त गरेकी छन् । उनले करीनाको पारिश्रमिकलाई लिएर हल्ला चलाउनु संकिर्ण मानसिकता भएको बताएकी छन् । उनले करीनाको सट्टामा अरु कसैले त्यति पारिश्रमिक मागेको भए बजारको भाउ बढेको भन्नेहरुले करीना महिला स्टार भएकै कारण पारिश्रमिक माग्दा विवादमा तानिनुपरेको उनले जिकिर गरिन् ।
उनले यसै विषयमा लेखेकी छन्, “करीनालाई १२ करोड दिनुहुँदैन ? उनी देशकै सबैभन्दा ठूलो सुपरस्टार हुन् । उनले आफ्नो काम अनुसार पारिश्रमिक माग्नु उनको काम हो ।”
मिडिया रिपोर्टका अनुसार उक्त फिल्ममा अभिनेता सैफ अली खान पनि देखिनेछन् । उनी लंकाका रावणको भूमिकामा देखिनेछन् ।










