महोत्तरी— महोत्तरीको बर्दिबास नगरपालिकाले बर्दिबासमा आधुनिक हाट–बजार निर्माण गर्न लागेको छ ।

बर्दिबास–१४ स्थित पुरानो बर्दिबास बजारलाई आधुनिक हाट निर्माणका लागि नगरपालिकाले गुरु योजना(डीपिआर)तयार पारेको छ । जनता माध्यमिक विद्यालय बर्दिबास २ को जग्गामा २०३० यता बुधबार र शनिबार गरि हप्तामा दुई दिन बर्दिबास हाट लाग्दैं आएको छ ।

नुनदेखि सुनसम्मका वस्तुहरु बजार विस्तारका लागि करिब २८ करोंडको लागतमा साँढे ३ बिघामा फैलिएको आधुनिक बजार निर्माण गर्ने योजना बनाइएको छ ।

पाँच वटा ब्लकमा आधुनिक बजार निर्माण हुने छ । ईन्जिनियर डा. शितलबाबु आचार्यले गुरु योजनाको एक कार्यक्रमका बीच प्रस्तुतिकरण गरेका छन् । अबको ५० बर्षसम्मको समयलाई आंकलन गरेर बजार निर्माण गर्ने योजना बनाइएको छ ।

यस योजना अन्र्तग हाटबजार र व्यपारिक भवन(मल) निर्माण गरिने छ । एक भवनबाट अर्को तल्लामा जान पूलको व्यवस्था गरिएको छ । हाटबजारमा एउटा रमणिय पार्क निर्माण गरिने छ । मासु, तस्कारी, लुगाफाटो, खाद्यान लगायतका छुट्टै वस्तुका स्टलहरु राखिने छ । मालसमान स्टोर गर्न स्टोर बनाइने छ । बजारमा आधुनिक शौचालय, खानेपानी, पार्किङ्गको पनि निर्माण हुने छ ।

जनता माध्यमिक विद्यालय बर्दिबासका विद्यालय व्यवस्थान समितिका सदस्य शंकर महतोले मौलिक,सांस्कृतिक बजार निर्माणमा जोड दिएका छन् ।

‘बर्दिबास बजारमा मानिसहरु टाढाटाढाबाट कार चढेर टपरीमा मासु र च्युरा खाजा खान आउँछन्। यसलाई पनि समय सुहाउँदो व्यवस्था गरिनु पर्छ,’उनले भने, युवा पुस्ताहरु बर्दिबास हाटको चौतामा चनाचटपटे, ममफली (बदाम) खान आउँछन् । यसलाई पनि अधुनिक तरिकाले व्यवस्थापन गर्न सोंच्नु पर्छ । ’

बजार आउने बच्चाहरुका लागि चिल्डे«न पार्क निर्माण गर्न उनले औंल्याएका छन् । अपांग मैत्री बजार, सभा हल, बजार कार्यालय, स्वास्थ्यचौकी, सुरक्षा पोष्ट निर्माण गर्न पनि सदस्यले माग गरेका छन् ।

२४ घण्टे रात्री बजार निर्माण गर्नु सौर्य उर्जाको प्रबन्ध मिलाउन उनले माग गरे ।बजारमा बैंक, सटही काउण्ट राख्नु पर्ने माग गरिएको छ।
जसपा बर्दिबासका नेता चेत कुमार थापाले बजारमा मानिसले आफ्नै मनमौजीले बनाएको घरहरुलाई कसरी व्यस्थान गर्ने ? भन्दै प्रश्न उठाए ।

बर्दिबास १४ नम्बरका वडा अध्यक्ष भरत हमालले बजारमा निर्माण गरिएको पक्की घरको बारेमा स्थानीय सरकारले सोंच्नु पर्ने उनले बताए ।

बजार निर्माणका लागि योजना निमार्ण गरेर अगाडी बढाएको बर्दिबास नगरपालिका मेयर बिदुर कुमार कार्कीले बताए ।बजारका सबैखाले समस्या समाधान गर्ने मेयर कार्कीले बताए ।

बजार निर्माणका लागि बजेट व्यवस्थान गरिने बताए । काम गर्नकै लागि योजना बनाइएको मेयर कार्कीले बताए । कार्यक्रममा प्रदेश सभा सदस्य सारदा देवी थापा, वडा अध्यक्ष र सरोकारवलाहरुको उपस्थित रहको थियो ।

साभारः ठोसखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय