document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2526;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ढल्केवर-धनुषामा प्रहरीलाई घुस रकम दिन खोजेको आरोपमा एकजना पक्राउ परेका छन् ।
जुवातास खेलाउने वातावरण मिलाइदिनु भन्दै प्रहरीलाई घुस रकम दिन खोजेको आरोपमा धनुषाको सबैला नगरपालिका-२ का ३७ वर्षिय मुकेश पुर्वेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पुर्वेले इलाका प्रहरी कार्यालय ढल्केवरका एक प्रहरीलाई जुवातास खेलाउने वातावरण मिलाइदिनु भन्दै घुस दिन खोजेका थिए । पक्राउ परेका पूर्वे जुवातास खेलाउने व्यवसायी भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक तीर्थकुमार कार्कीले बताए ।
प्रहरी निरिक्षक कार्कीका अनुसार जुवातास खेलाउन दिनु भनी प्रहरीलाई घुस दिन खोजेपछि पुर्वेलाई ढल्केवरको एक होटलबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका पुर्वेमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।









