document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2504;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
लहान नगरपालिकाका-३८ वर्षका बलराम मण्डललाई सुखीपुर नगरपालिकाबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । सशस्त्र प्रहरीले मण्डललाई नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ ।
आइतबार मध्यान्ह मालपोत कार्यालयमा बस विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ८ जना घाइते भएकाा थिए । गम्भीर भएका दिनेश भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनलाई बीर अस्पतालको ट्रमा सेन्टरमा राखेर उपचार भइरहेको छ ।
मालपोत कार्यालयका नायब सुब्बा शिव कुमार यादवलाई भने एम्बुलेन्स मार्फत उपचारका लागि विराटनगर लगिएको छ भने बाँकीको स्थानीयस्तरमा उपचार भइरहेको छ ।
विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।
साभारः अनलाइनखबर









