document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2484;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सिरहा– सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा बम विष्फोट भएको छ ।
आइतवार दिउँसो पौने एक बजेतिर भएको विस्फोटमा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा दिउँट्अठाे एक बजेतिर बम विस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यवसायी ७८ वर्षीय भोला पाचेमगर घाइते भएका छन् ।
बमकै छर्रा लागेर सेवाग्राही सिरहाकाे धनगढीमाई नगरपालिका १३ का ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका १६ तरेगानाका ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका ३ का ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका ४ का ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार ६ का ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानकाे सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) तपनकुमार दाहालले जानकारी दिनुभयो ।
विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । डीएसपीका अनुसार घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको पर्चा, पम्पलेट फेला परेको छ ।









