document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2445;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ढल्केवर- धनुषाको मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरमा एक महिलाले दिवङ्गत श्रीमानको स्मृतिमा मन्दिर निर्माण गरेकी छन् ।
श्रीमान् स्वर्गीय बल बहादुर खातीकोे सम्झनामा उनकी श्रीमती प्रेमा खातीले पुष्पवलपुरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा सरस्वती मन्दिर निर्माण गरेका हुन् ।
स्वर्गीय बल बहादुर खाती सो विद्यालयको संस्थापक थिए । समाजसेवी समेत रहेका स्वर्गीय बल बहादुरले २०१९ सालमा विद्यालय स्थापना गरेका थिए ।
दिवङ्गत श्रीमानको सम्झनामा विद्यालय परिषरभित्र सरस्वती मन्दिर निर्माण गरेको श्रीमति प्रेमाले बताइन् । मन्दिर निर्माणमा करिब ३ लाख रुपैयाँ खर्च भएको छ । श्रीमानले स्थापना गरेको यस विद्यालय हाताभित्र सरस्वती माताको मन्दिर बनाउने इच्छा धेरै पहिलादेखि नै भएपनि यसपाली बनाउन सफल भएको उनले जनाइन् ।
प्रेमाले मन्दिरभित्र सरस्वती माताको मुर्ति पनि स्थापना गरिदिएको छ । शिक्षा र समाजिक क्षेत्रमा श्रीमानको जस्तो योगदान गर्न नसके पनि उहाँकै सम्झना मन्दिर निर्माण गरेँ । श्रीमानले स्थापना गरेको यस विद्यालयमा शिक्षा सुधारका लागि पनि केही गरुँ भनी सोचि रहेको छु, छिट्टै नै सहयोग गर्छ, ‘प्रेमाले भनिन् ।’
नव निर्मित मन्दिरको मंगलबार बसन्त पञ्चमीका दिन मिनपा वडा नम्बर ४ का वडा अध्यक्ष बिष्णु खदाल र प्रेमा खातीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
राष्ट्रिय आधारभूत विद्यालय पुष्पवलपुरका प्रधानाध्यापक खड्क बहादुर गुर्मछानेले विद्यालय परिषरभित्र मन्दिर निर्माण गरिदिएकाले प्रेमालाई धन्यवाद ज्ञापन गरेका छन् ।









