विशेष रिपोर्ट

पिछडावर्गको राष्ट्रिय अध्यक्षमा महतो निर्विरोध निर्वाचित

657 Shares जनकपुरधाम- ओबिसीको राष्ट्रिय अध्यक्षमा राम कुमार महतो निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष महतोसहित ४१ जना केन्द्रिय पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका […]
[sharethis-inline-buttons]
पिछडावर्गको राष्ट्रिय अध्यक्षमा महतो निर्विरोध निर्वाचित

जनकपुरधाम- ओबिसीको राष्ट्रिय अध्यक्षमा राम कुमार महतो निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष महतोसहित ४१ जना केन्द्रिय पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।

जनकपुरको उघोग बाणिज्य संघमा शनिबारदेखि चलिरहेको पिछडावर्ग ओबिसीको महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा महतोसहित ४१ जना नयाँ पदाधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता कालेश्वर महतोले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सह–महासचिव २ जना, सचिव २ जना, कोषाध्यक्ष १ जना, सह–कोषाध्यक्ष १ जना रहेको उनले जनाए ।

त्यस्तै महिला सदस्य पदमा १० जना र पुरुष सदस्यमा १८ जना गरि ४१ जनाको कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । महतो दोश्रो पटक अध्यक्ष बनेका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत महतोले प्रमाण पत्र वितरण र पद तथा गोपनियताको सपथसमेत खुवाएका थिए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर