document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2361;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
धनुषा- धनुषाको मिथिला नगरपालिकामा नगर पत्रकार संजाल गठन भएको छ ।
ढल्केवरमा मिथिला नगरपालिकालाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका पत्रकारहरूको भेलाले मिथिला नगर पत्रकार संजालको तदर्थ समिति गठन गरेको हो ।
जनप्रतिभा साप्ताहिकका सम्पादक शंकर थापाको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन भएको हो । गठित समितिको उपाध्यक्षमा सरू लामा, कोषाध्यक्षमा विजयकुमार साह, सचिवमा विनोद महताे चयन भएका छन् ।
सदस्यहरूमा विजय कुमार सिंह, राजकमल सिंह र प्रेम बहादुर कार्की रहेका छन् ।
यसैबीच मिथिला नगर पत्रकार संजाल गठन भएको विषयमा मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोलाई लिखित जानकारी गराइएको छ । शुक्रवार संजालका पदाधीकारीहरूले नगर प्रमुख महतोलाई लिखित जानकारी गराएका हुन् ।









