document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2323;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- नेकपा केपी ओली समूहका नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले आफै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाइएको छ ।
उनी निर्वाचित धनुषा निर्वाचन क्षेत्र नम्बर ४ स्थित बटेश्वर गाउँपालिकामा स्थानीयवासीहरुको एक समुहले आइतबार कालो झण्डा देखाएको हो ।
श्रीमतीलाई मन्त्री पद दिलाउन प्रधानमन्त्री ओली तर्फ लागेको भन्दै आफ्नै निर्वाचन क्षेत्रमा महासेठले कालो झण्डाको समामना गर्नु परेको छ । संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा महासेठ र उनकी श्रीमती जुली महतो लागेका छन् ।
त्यसपछि ओली महतोलाई महिला तथा बालबालिका मन्त्रीको जिम्मेवारी दिएका थिए । ओली पक्षमा लागेर संसद विघटन गर्नेलाई सघाएको भन्दै महासेठका समर्थकहरुले बटेश्वर गाउवासीलाई भेटघाट गर्न आएको बेला स्थानीय बजार नजिक उनलाई कालो झण्डा देखाएका थिए ।
नेकपाका माधव प्रचण्ड पक्षका स्थानीय नेता कुशेश्वर महतो, कृष्णकुमार महतो, रामुकमार महतो, राजकुमार महतो, रामकुमार पासवान लागायतले कालो झण्डा देखाउँदै उनी विरुद्ध प्रदर्शन समेत गरेका थिए ।
महासेठ निर्वाचित धनुषाको बटेश्वर गाउलेले महासेठ ओली समुहमा लागेपछि अधिकांश नेता तथा कार्यकार्ता उनको विपक्षमा उभिएका छन् ।
साभारः रातोपाटी









