document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2295;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
पाल्पा- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् ।
उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न बाध्य भएको समेत बताए ।
नेपाल पत्रकार महासङ्घ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले वर्तमान सरकारले छिमेकी देशसँग सम्बन्ध सुमधुर राखेको जानकारी गराए । सरकारले नेपाल र नेपालीको शिर उचो राख्नका लागि कालापानी लिम्पियाधुरा नक्सामा समावेश गरिएको उनले बताए । रासस









