document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2272;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ढल्केवर- संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले धनुषाको ढल्केवरमा मसाल जुलुश निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक ढंगले संघीयतालाई नै असफल बनाउने उद्देश्यले संसद विघटन गरेको भन्दै जसपाले बुधबार ढल्केवरमा मसाल जुलुश निकालेको हो ।
पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार जसपाले ढल्केवरमा निकालेको जुलुशमा सहभागीहरूले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
ढल्केवरस्थित इलाका प्रहरी कार्यालय अगाडीबाट निकालिएको मसाल जुलुश ढल्केवर चाैकको विभिन्न भागमा परिक्रमा गर्दै शहिद स्मार्क पार्क अगाडी पुगेर कोणसभामा परिणत भएका थिए ।
कोणसभालाइ सम्बोधन गर्दै जसपा नेपालका नेता चन्देश्वर महतोले प्रधानमन्त्रीले संविधान मिचेर गरेको प्रतिनिधीसभा विघटनको कार्य राष्ट्रघाती रहेकोले प्रतिनिधी सभा पुनर्स्थापना गर्नुपर्ने माग गरे । उनले प्रतिनिधीसभा पुनर्स्थापना नभए आफुहरु शसक्त आन्दोलन गर्ने पनि चेतावनी दिए । नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवि भण्डारीको राजीनामा समेत माग गरे ।









