document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2259;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सिरहा- सिरहाको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अगाडि आज बिहान प्रेसर कुकर बम फेला परेको छ ।
कार्यालय खुलेपछि सरसफाइ गर्ने बेलामा कार्यालय सहयोगीले अधिकृतको कार्यकक्षको गेट नजिकै एउटा कालो ब्यागमा प्रेसर कुकुर बम राखिएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
बम फेला परेको सूचना पाउनासाथ इलाका प्रहरी सुखीपुर तथा सशस्त्र बेश क्याम्पस सुखीपुरबाट खटिएको टोलीले कार्यालयलाई तत्कालका लागि सिल गरेको सिरहाका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिए ।
अज्ञात समूहले विस्फोट गराउने उद्देश्यले सो बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । फेला परेको बम निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र निष्क्रिय पार्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
कार्यालय बन्द रहेकाले को कति बेला कसरी बम कार्यालयमा राखियो भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पञ्जियारको भनाइ छ । रासस









