document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2247;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- सीताराम विवाह महोत्सवअन्तर्गत आज मिथिलाको विधिअनुसार जनकपुरधामस्थित गङ्गासागरबाट पवित्र माटो उत्खनन गरी राजा जनककी छोरी सीताको प्रतीकात्मक मटकोर विधि सम्पन्न भएको छ ।
त्रेतायुगमा भगवान् सीता र रामको विवाहका लागि यज्ञवेदी निर्माण गर्न उक्त सागरबाट पवित्र माटो उत्खनन गरी लगिएकाले प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा यसरी माटो लगिने परम्परा छ ।
मिथिलाको विधिअनुसार बेहुली पक्षबाट मटकोर गरी दुलही सीतालाई पहेँलो रङको सारी, चोलोलगायत नयाँ कपड़ा पहि¥याई उक्त सागरमा नुहाउने गरिन्छ । मटकोरमा श्रद्धालु महिला संलग्न भई विवाहसम्बन्धी सान्दर्भिक गीतलाई लोकभाकामा गाउने परम्परा छ । मटकोर सम्पन्न भएपछि मिथिलाञ्चलमा बदाम, पुरी र खीर वितरण गर्ने चलन छ । रासस









