विशेष रिपोर्ट

धनुषामा हात खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

657 Shares जनकपुरधाम- नेपाल–भारत सीमा नजिकै धनुषाको नगराइन नगरपालिकामा हात खुट्टा बाँधिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । अन्दाजी ३० वर्षीया महिलाको शव […]
[sharethis-inline-buttons]
धनुषामा हात खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

जनकपुरधाम- नेपाल–भारत सीमा नजिकै धनुषाको नगराइन नगरपालिकामा हात खुट्टा बाँधिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

अन्दाजी ३० वर्षीया महिलाको शव नगराइन नगरपालिका-२ जटहीस्थित सीमा नजिकैको दुर्गापट्टी धार नजिकै फेला परेको प्रहरीले जनाएको छ । हात र खुट्टा दुवै बाँधिएको अवस्थामा महिलाको शव फेला परेको सीमा प्रहरी चौकी जटहीले जनाएको छ ।

करिब १५ दिन अगाडि नै महिलाको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतक महिलाको शरीरको अधिकांश भाग गलिसकेको र कतिपय भाग जनावरले खाइसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक महिलाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ भने घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साभारः अनलाइनखबर

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर