document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2214;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
रञ्जन भण्डारी
महाृेत्तरी- लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत किशोरीहरूले जलेश्वरमा बिहीबार सडक नाटक देखाएका छन् । कालो पोसाक र कालो पट्टी बाँधेर गरिएको सडक नाटकमामार्फत उनीहरूले सन्देश प्रवाह गरेका छन् ।
हालै बर्दिवासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई जोडेर गर्ल्स फर गर्ल्स समूहले जलेश्वरको बुद्धिजीवी चोकमा सडक नाटक प्रदर्शन गरेको हो । ओरेक नेपालको आयोजनामा गरिएको सो सडक नाटकमार्फत किशोरीहरूले लैंगिक हिंसा बन्द गर, पितृसत्तात्मक सोच र व्यवहार बन्द गर, बलात्कारीलाई संरक्षण कहिलेसम्मलगायतका विषय उठाएका थिए ।
महोत्तरीमा चालू आर्थिक वर्षमा मात्रै २५ जबर्जस्ती करणी र ८ जबर्जस्ती करणी प्रयासको मुद्दा दर्ता भएको छ ।
यसैबीच, सार्वजनिकस्थल र सार्वजनिक सवारीसाधनमा हुने यौनजन्य दुर्व्यवहारविरुद्ध विशेष अभियान सञ्चालन गरिएको छ । सेफ्टिपिन अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालयको आयोजनामा सार्वजनिकस्थल र सार्वजनिक सवारीसाधनमा चलाइएको जनचेतनामूलक कार्यक्रममा ओरेक नेपाल, अन्तरपार्टी महिला सञ्जाल, महिला सचेतना समूह, ट्राफिक प्रहरीलगायतको सहभागिता थियो ।
साभारः नयाँ पत्रिका









