document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2208;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- जनकपुरधाममा केही साता अगाडी आफ्नै श्रीमती र छोरी माथि एसिड आक्रमण गरी घाइते बनाएको घटनालाई लिएर जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले २ जनाविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको छ ।
गत कार्तिक २९ गते जनकपुरधाम वडा नम्बर ४ स्थित आरती साह माथि उनकै श्रीमान्ले एसिड आक्रमण गरी घाइते बनाएपछि जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले पिडितलाई न्याय दिलाउनका लागि अगाडी बढेको छ ।
कार्यालयले धनुषा जिल्ला अदालतमा २ जनाविरुद्ध अभियोग पत्र दर्ता गराएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख जिल्ला न्यायधिवक्ता सीताराम अर्यालले जानकारी दिनुभएको छ । उहाँले आरतीका श्रीमान् वर्ष २६ सञ्जिव साह र एसिड विक्रेता नागेन्द्र साहमाथि अभियोग पत्र दर्ता गरेको जानकारी दिए ।
सरकारी वकिलको कार्यालयले दुबै जनालाई १५ वर्ष ६ महिना कैद सजाय हुने गरी अभियोग पत्र दायर गरेको जानकारी अर्यालले दिए ।
जिल्ला न्यायधिवक्ता अर्यालले दुबै जनाविरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ कसुरको सजायका लागि मागदाबी गरिएको छ । अंगभंगका लागि ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना गरी कुल १५ वर्ष ६ महिनाको सजाय माग दावी सहित अदालतमा अभियोग पत्रमा दत्र्ता गराउने काम भएको जानकारी दिए ।
सो एसिड आक्रमणका लागि सञ्जिवले जनकपुरधाम वडा नंं ४ का नागेन्द्र साहको निखिल स्टोरबाट एसिड खरिद गरेको पाइएकाले उनीमाथि पनि कारवाहीको लागि सजायको माग दावी गरिएको अर्यालले जानकारी दिए ।
एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायतका अंगमा गहिरो चोट परेको थियो । एसिड आक्रमणमा परी उनकै छोरी रियाको हातमा र टाउकोमा खत बसेको पाइएको पनि सरकारी वकिलको कार्यालयले जनाएको छ ।
साभारः रेडियो नेपाल









