document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2172;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
लहान- सिराहाको लहान नगरपालिका ३ भगवानपुर गाउँ नजिकै बुधबार दिउँसो मास्क लगाएका अपरिचित दुई जनाको समूहले पेस्तोल देखाएर चार लाख रुपैयाँ लुटेको छ ।
लहान २३ गाढा गाउँका करिब ५४ वर्षीय जागेश्वर यादवले लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट चार लाख रुपैयाँ झिकी साइकल चढेर घर फर्किंदै गर्दा दिउँसो करिब साढे १ बजेतिर लहान ३ स्थित स्मार्टफोनको टावर नजिकै लहान ठाढी सडकमा लुटपाट भएको हो ।
घरायसी ऋण तिर्न सहकारीबाट चेकमार्फत् रकम झिकेर लहान अस्पताल चोक हुँदै करिब पाँच सय मिटर दक्षिण पुगेपछि मोटर साइकलमा सबार मास्क र कालो हेल्मेट लगाई कल्भर्टमा बसिरहेका दुई जना मध्ये एक जनाले पेस्तोल छातीमा टसाई अर्का एक जनाले आफ्नो ज्याकेटको तिन वटा खल्तीमा राखेको हजारको नोट तिन बन्डल र पाँच सयको नोट दुई बन्डल गरि चार लाख रुपैयाँ लुटेर मलाई रोड बाट तल खेतमा खसाली मोटरसाइकल चढेर उत्तरतिर भागेको पीडित यादवले बताए ।
इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक सुवाष खतिवडाले रकम लुटिएको थाहा पाए लगत्तै घटनास्थल पुगेर अनुसन्धान गरिएको बताए । पीडितको प्रारम्भिक बयान बमोजिम जनउत्थान सहकारीमा समेत गएर बुझ्दा रकम झिकेको पुष्टि भएको उल्लेख गर्दै प्रहरी निरीक्षक खतिवडाले सहकारी सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान गरिने बताए ।









