विशेष रिपोर्ट

महोत्तरीमा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु

657 Shares महोत्तरी- महोत्तरीमा स्कुल बसबाट खसेर एक विद्यार्थीको ज्यान गएको छ। रामगोपालपुर नगरपालिका ५ मा रहेको जानकी युगान्तर इङलिस बोर्डिङ स्कुलको कक्षा ६ मा […]
[sharethis-inline-buttons]
महोत्तरीमा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु

महोत्तरी- महोत्तरीमा स्कुल बसबाट खसेर एक विद्यार्थीको ज्यान गएको छ। रामगोपालपुर नगरपालिका ५ मा रहेको जानकी युगान्तर इङलिस बोर्डिङ स्कुलको कक्षा ६ मा अध्ययनरत्त विद्यार्थी १४ वर्षीय मोदसी सेकको मृत्यु भएको हो।

बुधबार दिउँसो स्कुल विदा भएपछि बा ३ ख २३९७ नम्बरको स्कुल बसमा चढेर घर गइरहेको बेला गोठ बनौली पुल नजिक लडेर विद्यार्थी सेकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको मुख्य ढोका निर उभिरहेका बेला चालकले ब्रेक लगाउँदा विद्यार्थी सेक बसबाट लडेका थिए। घटना पश्चात भाग्न खोजेका चालकलाई नियन्त्रणमा लिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर