विशेष रिपोर्ट

बर्दिबासमा आन्दोलनरत पक्ष र प्रशासनबीच चार बुँदे सहमति

657 Shares महोत्तरी- बर्दिबासमा आन्दोलनरत पक्ष र प्रशासनबीच चार बुँदे सहमति भएको छ। ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या तथा प्रहरीको गोली लागेर मृत्यु […]
[sharethis-inline-buttons]
बर्दिबासमा आन्दोलनरत पक्ष र प्रशासनबीच चार बुँदे सहमति

महोत्तरी- बर्दिबासमा आन्दोलनरत पक्ष र प्रशासनबीच चार बुँदे सहमति भएको छ। ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्या तथा प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपानेका लागि न्यायको माग गर्दै भइरहेको प्रदर्शन साम्य गर्न दुवै पक्षबीच बुधबार साँझ वार्ता भएको हो।

वार्तामा पीडितलाई क्षतिपुर्ति दिने, दुवै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई सहिद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकाहरुलाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले नेपालखबरलाई जानकारी दिए।

ईलाका प्रहरी कार्यालय बर्दिबासमा भएको वार्तामा भोलिदेखि आन्दोलनलाई साम्य पार्दै अवस्था सहज बनाउने दुवै पक्षबीच छलफल समेत भएको प्रजिअ कटुवालले बताए।

बार्तामा आन्दोलनरत पक्षबाट वार्ता टोलीका संयोजक कांग्रेस नेता चिरञ्जीवी हमाल, तुल्सी ढुंगाना, चुडामणि पोखरेल र हिरा गौतम लगायत थिए भने प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारी कटुवाल लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित सुरक्षा निकायका प्रतिनिधि रहेका थिए।

दुवै पक्षबीच वार्ता भएपनि आन्दोलन हुने वा नहुने विषयमा अन्यौलता कायमै रहेको छ। एक स्थानीयले भने केही व्यक्तिले गरेको वार्ताको भरमा आन्दोलन रोकिन्छ भन्नेमा शंका रहेको बताए।

दुई घटनाले जनस्तरमा आक्रोश कायमै रहेकाले आन्दोलन हुने सम्भावना प्रवल रहेको स्थानीयको भनाइ छ।

साभारः नेपालखबर

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर