document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2098;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ढल्केवर- महोत्तरीको बर्दिवास घटनाको विरोधमा धनुषाको ढल्केवरमा दीप प्रज्वलन गरिएको छ ।
मिथिला उद्योग वाणिज्य संघको आयोजनामा बुधवार साँझ ढल्केवरमा युवाहरुले दीप प्रज्वलन गरेका हुन् ।
बर्दिवास नगरपालिका–१४ शुभम बस्तीकी ६ वर्षिय बालिका गुलाब साह खातुनको बलात्कार पश्चात हत्या र त्यस विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेको घटनाविरुद्ध र मृतकहरुप्रति श्रद्धाञ्जलीस्वरुप दीप प्रज्वलन गरिएको मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साह संतोषले जानकारी दिए ।
उनले घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाही गरिनुपर्ने माग गरे । घटनाको विरोधमा बर्दिवासमा भइरहेको आनदोलनमा सबैपक्ष संयमित हुनुपर्ने अध्यक्ष साहले बताए । अन्यायविरुद्धको आनदोलनमा आफूहरुको पूर्ण समर्थन रहेको मिथिला उद्योग वाणिज्य संघका उपाध्यक्ष संतोष कुमार महतोले बताए ।
बालिकालाई बलात्कार गरी हत्या गर्ने दोषीलाई कडा कारवाही हुनुपर्ने, शान्तिपुर्ण आनदोलनमा प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई बरखास्त गरिनुपर्ने, मृतक सञ्जय न्यौपानेलाई शहिद घोषणा गर्नुपर्ने उनीहरुको भनाई छ ।
आइतबार साँझ गाउँबाटै बेपत्ता भएकी महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीकी गुलाबको शव सोमबार मध्यरातमा उनको घरनजिकैको झाडीमा बोरोमा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।



साभारः द पब्लिक टुडे









