विशेष रिपोर्ट

बर्दिवास बालिका हत्या प्रकरणः प्रहरीको गोली लागेका एकजनाको मृत्यु

657 Shares महोत्तरी- महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिका हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एकजनाको मृत्यु भएको छ । ६ वर्षीया […]
[sharethis-inline-buttons]
बर्दिवास बालिका हत्या प्रकरणः प्रहरीको गोली लागेका एकजनाको मृत्यु

महोत्तरी- महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिका हत्याको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एकजनाको मृत्यु भएको छ ।

६ वर्षीया बालिकाको गुलाबसाह खातुनको हत्या भएपछि भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लाग्दा घाइते भएका सञ्जय न्यौपानेको मृत्यु भएको हो ।

उपचारका लागि काठमाडौँ लगिएका ती व्यक्तिको ग्राण्डी अस्पतालमा मंगलबार राति मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

सोमबार मध्य रातमा बालिकाको श्व बोरामा भेटिएपछि स्थानीयहरु बालिकाको शव पूर्व पश्चिम राजमार्गमा राखेर विरोधमा उत्रिएका थिए । केहीबेर प्रहरी र प्रदर्शनकारीबिच ढुंगामुढा भएको थियो । सोही क्रममा प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर बर्दिबास नगरपालिका वडा नम्बर १ का करिब ४२ वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको तिघ्रामा गोली लागेको थियो । गोली लागि गम्भीर घाइते भएका उनलाई तत्कालै बर्दिबासकै पिनाकल हस्पीटलमा भर्ना गरिएको थियो ।

त्यहाँ उनको उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत काठमाडौँको ग्राण्डी अस्पतालमा पठाइएको थियो । अहिले बर्दिबासको सुरक्षा व्यवस्था कडा गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर