document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2078;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
महोत्तरी- महोत्तरीको बर्दिबासमा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते एक जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।
प्रहरीकै गोली लागेर घाइते भएका अन्य दुई जनाको बर्दिबासकै शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ।
बर्दिबासमा बलात्कारपश्चात हत्या गरिएकी ६ वर्षीया बालिका गुलाब साह खातुनको शव मंगलबार दिउँसो पूर्व पश्चिम राजमार्गमा राखेर प्रदर्शन गरिरहेको बेला प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते भएका थिए।
घाइते हुनेमा बर्दिबासका ३५ वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की रहेका छन्। बुद्धिराजको तिघ्रामा गोली लागेको र उनको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।
श्याम कार्की र अफताब आलमलाई गोलीको छर्रा लागेको र उनीहरुको अवस्था सामान्य रहेकाले बर्दिबासमै उपचार भइरहेको उपरीक्षक केसीले जानकारी दिए। उनका अनुसार कार्कीलाई गोलीको छर्रा लागेको छ भने अफताबलाई चोट लागेको छ।









