विशेष रिपोर्ट

सप्तरीमा करेन्ट लागेर मर्‍यो हात्ती

657 Shares सप्तरी- सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जंगली हात्ती मृत फेला परेको छ । बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती […]
[sharethis-inline-buttons]
सप्तरीमा करेन्ट लागेर मर्‍यो हात्ती

सप्तरी- सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जंगली हात्ती मृत फेला परेको छ ।

बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए ।

पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।

‘नजिकै रहेको कोशीटप्पु वन्यजन्तु आरक्षको जंगलबाट आएर गाउँमा मृत अवस्थामा हात्ती भेटिएको हो’, उनले भने, ‘हात्तीको शरीरले बिजुलीको तार किचिएर पोलसमेत झुकेको छ ।’

उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण मरेको हुनसक्ने बताए ।

घटनास्थलमा आरक्षका सहायक वार्डेन सन्तोष भगत पुगेका  छन् ।

मृत हात्तीलाई कानूनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने सहायक वार्डेन भगतले बताए । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर