विशेष रिपोर्ट

लोक सेवाले खोल्यो झण्डै ३०० पदमा विज्ञापन

657 Shares काठमाडौं- लोक सेवा आयोगले बुधबार निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झण्डै ३०० पदका लागि लोक सेवा आयोगले […]
[sharethis-inline-buttons]
लोक सेवाले खोल्यो झण्डै ३०० पदमा विज्ञापन

काठमाडौं- लोक सेवा आयोगले बुधबार निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ ।

विभिन्न सेवा समूहका झण्डै ३०० पदका लागि लोक सेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो ।

सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ ।

स्वास्थ्य सेवातर्फका धेरै धेरै जसो पद स्थानीय तहमा समायोजन भई गएकाले यस पटक केन्द्रमा न्यून संख्यामा मात्रै माग भएको छ भने निजामती सेवातर्फ पनि न्यून संख्यामा माग भएको आयोगले जनाएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर