document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1941;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
विजयकुमार साह
धनुषा- धनुषाको मिथिला नगरपालिकाले गाउँ ब्लकको अतिक्रमित जग्गा खाली गराएको छ ।
मिनिपा वडा नं. ६ ढल्केवरमा रहेको गाउँ ब्लकको १५ धुर बहुमुल्य जग्गा अतिक्रमण गरी निर्माण गर्दै गरेको पक्की घर भत्काएर जग्गा खाली गराइएको हो ।
गाउँ ब्लकको १५ धुर बहुमुल्य जग्गामा स्थानीय बासी हुकुमदेव महतोले अतिक्रमण गरी पक्की घर निर्माण गर्न थालेपछि मिनपाको नगरप्रमुख हरिनारायण महतोकोे नेतृत्वमा सोमबार सो जग्गा खाली गराइएको छ ।
खाली गराइएको जग्गा मध्ये केही सार्वजानिक बाटो बनाइने र बाँकी रहेको जग्गा नगरपालिकाले आफ्नो उपयोगमा ल्याउने नगरप्रमुख महताले जानकारी दिए । उनले मिथिला नगरपालिकाभित्र रहेको गाउँ ब्लकको अतिक्रमित जग्गा खोजिनीति गरी खाली गराइने जानकारी दिए ।









