document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1898;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- जिल्ला प्रशासन कार्यालय रौतहटले कात्तिक २१ गते राति १२ बजेदेखि मंसिर १७ गतेसम्म जात्रा, महोत्सव, सभाजस्ता मानिस भेला हुने गतिविधि बन्द गर्न निषेधाज्ञा जारी गरेको छ ।
शुक्रबार सूचना प्रकाशित गरी प्रशासन कार्यालयले कोरोना महामारीको जोखिम रहेकाले मानिस भेला हुने गतिविधि नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको सूचना अनुसार सार्वजनिक खेलकुद, नाच, तमासा, मेला वा भिडभाड हुने कार्यक्रम गर्न पाइने छैन । त्यस्तै जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, मानिसहरु भेला हुन, सभा जुलुस वा प्रदर्शनी गर्न पनि पाइने छैन ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव
मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिक तथा साँस्कृतिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका गतिविधि गर्न, चाडपर्वमा हुने जमघट, गोष्ठी, सेमिनार, तालिम पनि मापदण्ड र प्रोटोकल विपरीतका काम गर्न पनि निषेध गरिएको छ ।
सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, ब्युटिपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, प्रदर्शनी, पुस्तकालय, संग्रहालय सञ्चालन गर्न, उद्योग कल कारखाना, ब्यापार, ब्यवसाय, निर्माण आदि काम गर्न र श्रमिकको ओसार पसार गर्न पनि बन्द गरिएको छ ।
त्यस्तै अनलाइन माध्यम वा दूरशिक्षाबाहेक अन्य तरिकाले पठक पाठन गर्न पनि रोक लगाइएको छ ।
साभारः अनलाइनखबर









