ढल्केवर- जानकी अटो मोबाइल एशोसिएशनको प्रदेश २ मा कमिटी गठन गरिएको छ ।

नेपाल अटो मोबाईल एशोसिएशनको केन्द्रिय प्रतिनिधि प्रकाश कर्पुरीको अध्यक्षतामा शुक्रबार महोत्तरीको बर्दिबासमा सम्पन्न भेलाले तेजनारायण साह(संतोष) को अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति गठन गरिएको हो ।

गठित समितिको उपाध्यक्षमा केदार कुमार अग्रवाल, सचिवमा किशोर भट्टराई र कोषाध्यक्षमा संजित राज श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा विजय अग्रवाल, सुरेन्द्र साह, सुरेश ठाकुर र सुनिल कुमार सिंह रहेका छन् । भेलाले प्रदेश सल्लाहकारमा बजरंग यादव(जनकपुर), प्रदिप यादव(महेन्द्रनगर) र चन्द्रशेषर अग्रवाल(जनकपुर) लाई चयन गरेको छ ।

भेलामा प्रदेश २ का आठै जिल्लाका अटो मोबाइल संचालक र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय