विशेष रिपोर्ट

लागूऔषधसहित बाराबाट एकजना पक्राउ

657 Shares बारा- बाराबाट प्रहरीले लागूऔषध गाँजा र अफिमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–३ रामनगरका २० वर्षीय बिनोद यादव रहेका […]
[sharethis-inline-buttons]
लागूऔषधसहित बाराबाट एकजना पक्राउ

बारा- बाराबाट प्रहरीले लागूऔषध गाँजा र अफिमसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–३ रामनगरका २० वर्षीय बिनोद यादव रहेका छन् ।

प्रहरी चौकी बेल्दारीबाट खटीएको गस्ती टोलीले बाराको पचरौता नगरपालिका–४ बेल्दारीबाट २ केजी अफिम र २ केजी गाँजासहित यादवलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।

साइकल चढेर भारततर्फ जाँदै गरेको अवस्थामा खानतलासी गर्दा प्लास्टिकमा बेरी शरीरमा लुकाएर राखेको अवस्थामा यादवलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । यादवलाई नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर