document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1598;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम, कात्तिक ५ गते । संघीय सरकारलाई चुनौती दिदै प्रदेश २ सरकारले प्रदेशभरीका सबै तहका कोरोना संक्रमितलाई निःशुल्क उपचार गर्ने घोषणा गरेका छन् ।
संघीय सरकारले विपन्न, असहाय र गरिबलाई मात्र कोरोना उपचार गर्ने निर्णय गरे लगत्तै प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई चुनौती दिँदै यस्तो घोषणा गरेका हुन् ।
प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचार र परीक्षणमा सम्पूर्ण सहयोग गर्ने मुख्यमन्त्री राउतले बताएका छन् । उनले भने, ‘कोरोना भाइरस संक्रमितको उपचारमा कुनै कमी आउन दिइने छैन ।’
प्रदेश २ मा संघीय सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि विशेष सहयोग उपलब्ध नगराएको आरोप लगाउँदै मुख्यमन्त्री राउतले अगामी दिनमा पनि प्रदेशले सम्पूर्ण सहयोग गर्ने जिकीर गरे ।
प्रदेश सरकारले सबै जिल्लामा कोरोना भाइरस संक्रमितको उपचारको प्रबन्ध मिलाएको बताउँदै मुख्यमन्त्री राउतले संघीय सरकारले खर्च नदिएपनि प्रदेश सरकारले सहयोगलाई निरन्तरता दिनेमा कुनै कसर बाँकी नराख्ने जानकारी दिए ।
यता केही दिन अगाडि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितहरुले उपचार खर्च आफुले नै व्यहोर्नुपर्ने सुचना सार्वजनिक गरेपछि संघीय सरकारको सर्वत्र आलोचना भइरहेको छ ।
प्रत्येक नागरिकले स्वास्थ्य उपचार पाउने मौलिक हुँदा हुँदै संघीय सरकारको यो निर्णय संविधान र कानून विपरीत रहेको भन्दै कोरोना भाइरस सम्बन्धी टेस्टहरुपनि प्रदेश २ भित्र निःशुल्क रुपमा दिने मुख्यमन्त्री राउतको भनाइ छ ।
हालसम्म प्रदेश २ मा कोरोना संक्रमितको संख्या १५ हजार १७ पुगेको छ ।जसमध्ये निको हुनेको संख्या १३ हजार ७ पुगेको छ ।
त्यस्तै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६२ पुगेको छ ।
साभारः टुडेपाटी









