जनकपुरधाम, कात्तिक ५ गते । संघीय सरकारलाई चुनौती दिदै प्रदेश २ सरकारले प्रदेशभरीका सबै तहका कोरोना संक्रमितलाई निःशुल्क उपचार गर्ने घोषणा गरेका छन् ।

संघीय सरकारले विपन्न, असहाय र गरिबलाई मात्र कोरोना उपचार गर्ने निर्णय गरे लगत्तै प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई चुनौती दिँदै यस्तो घोषणा गरेका हुन् ।

प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचार र परीक्षणमा सम्पूर्ण सहयोग गर्ने मुख्यमन्त्री राउतले बताएका छन् । उनले भने, ‘कोरोना भाइरस संक्रमितको उपचारमा कुनै कमी आउन दिइने छैन ।’

प्रदेश २ मा संघीय सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि विशेष सहयोग उपलब्ध नगराएको आरोप लगाउँदै मुख्यमन्त्री राउतले अगामी दिनमा पनि प्रदेशले सम्पूर्ण सहयोग गर्ने जिकीर गरे ।

प्रदेश सरकारले सबै जिल्लामा कोरोना भाइरस संक्रमितको उपचारको प्रबन्ध मिलाएको बताउँदै मुख्यमन्त्री राउतले संघीय सरकारले खर्च नदिएपनि प्रदेश सरकारले सहयोगलाई निरन्तरता दिनेमा कुनै कसर बाँकी नराख्ने जानकारी दिए ।

यता केही दिन अगाडि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितहरुले उपचार खर्च आफुले नै व्यहोर्नुपर्ने सुचना सार्वजनिक गरेपछि संघीय सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

प्रत्येक नागरिकले स्वास्थ्य उपचार पाउने मौलिक हुँदा हुँदै संघीय सरकारको यो निर्णय संविधान र कानून विपरीत रहेको भन्दै कोरोना भाइरस सम्बन्धी टेस्टहरुपनि प्रदेश २ भित्र निःशुल्क रुपमा दिने मुख्यमन्त्री राउतको भनाइ छ ।

हालसम्म प्रदेश २ मा कोरोना संक्रमितको संख्या १५ हजार १७ पुगेको छ ।जसमध्ये निको हुनेको संख्या १३ हजार ७ पुगेको छ ।

त्यस्तै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६२ पुगेको छ ।

साभारः टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय