document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1475;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सिरहा- सिरहाको कर्जनहा नगरपालिकास्थित कमला नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–५ निवासी ३५ वर्षीय कासिम सदा रहेको प्रहरीले जनाएको छ ।
घर नजिकैको कमला नहरमा नुहाउन गएका सदा आइतबार साँझ बेपत्ता भएका थिए ।
खोजतलासका क्रममा आज बिहान सदाको शव फेला परेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ । सदाको शव नहरको उत्तरपट्टि बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । रासस









