अहिलेकै माग राखी गएको भदौ १५ गते कर्मचारीले कलेजको शैक्षिक प्रशासनमा तालाबन्दी गरेका थिए । भदौ २६ गते मेडिकल प्रशासनका बरिष्ट अधिकृत दयानन्द झाले कर्मचारी विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि ३१ गते दुबैपक्षबिच छलफल भई तीन बुँदे सहमति भएको थियो ।
असोज ४ गते हरहिँसाब गर्ने, असोज १ देखि कलेजको सम्पूर्ण तालबन्दी खोली सेवा सुचारु गर्ने र असोज ३० भित्र कर्मचारीको सबै समस्या समाधान गर्ने तीनबुँदे सहमति पत्रमा कलेज प्रशान र कर्मचारीले हस्ताक्षर गरेका थिए ।
सहमति अनुसार कलेजले ४ गते हरहिँसाब नै नगरी सोज ११ गते कर्मचारी संघर्ष समितिका संयोजक उमेश यादवलाई विभिन्न पाँचबुँदे स्पष्टीकरण सोधेपछि असोज १२ गतेदेखि नै कर्मचारीहरु अकास्मिक बाहेक सबै सेवा बन्द गरी धर्नामा बस्दै आएका छन् ।
कलेज प्रशासनका बरिष्ठ अधिकृत दयानन्द झाले सञ्चालक आएपछि मात्र मात्र आन्दोलन लगायतको समस्या समाधान गर्ने बताए ।
साभारः टुडेपाटी









