document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1406;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन् ।
ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स (युएई) मा रहेका छन् ।
यसैगरी अर्का नेपाली खेलाडी सुमन गौतम पनि एलपीएलको ड्राफ्टमा पर्नुभएको छ । सुमन हाल अष्ट्रेलियामा रहेका छन् । गौतम रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउने छन् ।
आज हुने अक्सनबाट सन्दीप र सुमनको छनोटबारे टुंगो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्रविधि विश्लेषक रमन शिवाकोटीले जानकारी दिए । लङ्का लिग नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ । श्रीलङ्का क्रिकेट बोर्डले पहिलो पटक लङ्का प्रिमियर लिग आयोजना गर्दैछ । उक्त लिगमा २८ विदेशी खेलाडीले स्थान पाउनेछन् । रासस









