document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1403;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- विद्युतीय भूक्तानी सेवा प्रदायक कम्पनी ‘इसेवा’ले आफ्ना ग्राहकहरुलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ ।
विभिन्न फिसिङ्ग स्केम डाटाहरुको प्रयोग गरी इसेवा प्रयोगकर्ताहरुको गोप्य सूचनामाथि अनधिकृत पहुँच स्थापना गरिएको सूचनाका आधारमा कम्पनीले सेवाग्राहीहरुलाई आफ्नो पासवर्ड परिवर्तन गर्न भनेको हो ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले इसेवा माथि फैलाएको हल्ला गलत र भ्रामक भएको भन्दै सो बारे कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘इसेवाका केही ग्राहकसँग सम्बन्धीत जानकारी सामाजिक संजालमा राखि इसेवा ह्याक भयो भन्दै गलत तथा भ्रामक जानकारी फैलाइएकोमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।
विभिन्न फिसिङ्ग स्केम सञ्चालन गरी संकलन गरिएको डाटा सामाजिक संजाल तथा अन्य स्रोतहरुबाट उपलब्ध डाटाहरुको दुरुपयोग गरि केहि ग्राहकसँग सम्बन्धीत विवरणमा अनाधिकृत पहुँच स्थापना गरेको जानकारीमा आएकाले पूर्व सावधानिका लागि वेब ब्राउजरबाट इसेवा प्रयोग गर्ने ग्राहकलाई पासवर्ड परिवर्तन गर्न अनुरोध गरिसकेका छौं’ कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
सोही विज्ञप्ति मार्फत कम्पनीले इसेवा इन्टरनेशनल अर्गनाइजेशन फर स्ट्यान्डर्डाइजेसन –आइएसओ २७००१ः २०१३ प्रमाणपत्र प्राप्त संस्था भएकोले सो संस्थाबाट प्रदान गरिने सेवा गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय हुने हुँदा ढुक्क हुन प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ ।










