document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1361;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
रौतहट- कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका रौतहटका सामुदायिक विद्यालयहरु धमाधम सञ्चालन हुन थालेका छन् ।
मन्त्रालयको निर्देशनअनुसार अनलाइन शिक्षण क्रियाकलाप तथा वैकल्पिक शिक्षण विधि प्रभावकारि नभएको भन्दै धमाधम विद्यालयहरु सञ्चालनमा आउन लागेका हुन् ।
जिल्लाका फतुवा विजयपुर र गरुडा नगरक्षेत्र अन्तरगतका सबै सामुदायिक विद्यालय अगामी २२ गतेदेखि सञ्चालनमा आउन लागेका छन् । मंगलबार बसेको बैठकको निर्णय बमोजिम अगामी २२ गते देखि सामुदायिक विद्यालय सञ्चालन हुने फतुवा विजयपुरका नगर शिक्षा संयोजक बुनिलाल यादवले जानकारी दिए ।
विगतको तुलनामा हाल वातावरण सहज भएपनि कोरोना भाईरसको जोखिम यथावत रहेकाले सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार पठनपाठन गर्ने तयारी गरिएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम सामाजिक भौतिक दुरि कायम राखेर स्वास्थ मापदण्डअनुसार कक्षा सञ्चालन गर्ने जनाइएको छ ।
प्रति कक्षाकोठामा २० जना विद्यार्थी राख्ने र मास्क सेनिटाईजर अनिवार्य प्रयोग गरिने फतुवा बिजयपुरका मेयर गोपालप्रसाद यादवद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ । फतुवाका साथै गरुडा नगरक्षेत्र अन्तरगतका सामुदायिक विद्यालयहरु २२ गतेदेखि सञ्चालन हुने सूचना सार्वजनिक गरिएको छ । १८ स्थानीय तहमध्ये यसअघि चन्रपुर र गौर नगरपालिकामा रहेका सबै सामुदायिक ििवद्यालय सञ्चालन भैसकेको जिल्ला शिक्षा समन्वय ईकाई रौतहटका प्रमुख रामबिनयकुमार सिंहले जानकारी दिए ।
साभारः रातोपाटी









