विशेष रिपोर्ट

मधेशका रहमान बने ‘कास्की आइडल सिजन २’को फस्ट रनरअप

आफ्नो सुमधुर स्वर, आत्मविश्वास र सांगीतिक प्रतिभामार्फत निर्णायक तथा दर्शकको मन जित्न सफल रहमानले प्रतियोगिताभरि नै प्रभावशाली प्रस्तुति दिएका थिए । उनको निरन्तर मेहनत, लगनशीलता र संगीतप्रतिको समर्पणले उनलाई प्रतियोगिताको अन्तिम चरणसम्म पुर्‍याएको हो ।
[sharethis-inline-buttons]
मधेशका रहमान बने ‘कास्की आइडल सिजन २’को फस्ट रनरअप
659
Shares

धनुषा— सांगीतिक रियालिटी शो ‘कास्की आइडल सिजन २’ मा युवा गायक रहमान खान फस्ट रनरअप (दोस्रो स्थान) बन्न सफल भएका छन् । सिरहाको मिर्चैयाका उनी प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै उपविजेताको उपाधि हासिल गरेका हुन् ।

आफ्नो सुमधुर स्वर, आत्मविश्वास र सांगीतिक प्रतिभामार्फत निर्णायक तथा दर्शकको मन जित्न सफल रहमानले प्रतियोगिताभरि नै प्रभावशाली प्रस्तुति दिएका थिए । उनको निरन्तर मेहनत, लगनशीलता र संगीतप्रतिको समर्पणले उनलाई प्रतियोगिताको अन्तिम चरणसम्म पुर्‍याएको हो ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्न नसके पनि फस्ट रनरअपको उपाधि जित्नु आफ्नो सांगीतिक यात्राको महत्वपूर्ण उपलब्धि भएको छ । यस सफलतासँगै रहमानले आफ्नो प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउने अवसरसमेत प्राप्त गरेका छन् ।

रहमानको यस उपलब्धिले मिथिला क्षेत्रसँगै समग्र मधेश प्रदेशको सांगीतिक पहिचानलाई थप उचाइ दिएको छ । उनको सफलताप्रति स्थानीयवासी, शुभचिन्तक तथा संगीतप्रेमीहरूले खुसी व्यक्त गर्दै आगामी सांगीतिक यात्राको सफलताका लागि शुभकामना दिएका छन् ।

सांगीतिक क्षेत्रमा निरन्तर अघि बढ्ने लक्ष्य लिएका रहमानका लागि ‘कास्की आइडल सिजन २’ को फस्ट रनरअप उपाधि आगामी यात्राको महत्वपूर्ण खुड्किलो बनेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर