विशेष रिपोर्ट

मधेशका गृहमन्त्री महतोद्वारा इन्सपेक्टर केसी सम्मानित

बाढी तथा अन्य विपद्का समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता, विपद् व्यवस्थापन, आपराधिक घटनाको अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने कार्यमा केसीले उल्लेखनीय योगदान पुर्‍याएको मन्त्रालयले जनाएको छ ।
[sharethis-inline-buttons]
मधेशका गृहमन्त्री महतोद्वारा इन्सपेक्टर केसी सम्मानित
657
Shares

धनुषा— मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले रौतहटको मौलापुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत केसीलाई सम्मान गरेका छन् । उत्कृष्ट कार्यसम्पादन तथा जनसेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै मन्त्रालयले उनलाई प्रशंसापत्र प्रदान गरेको हो ।

बाढी तथा अन्य विपद्का समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता, विपद् व्यवस्थापन, आपराधिक घटनाको अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने कार्यमा केसीले उल्लेखनीय योगदान पुर्‍याएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नागरिकको जीउधनको सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी सेवा प्रवाहमा उच्च व्यावसायिकता, कर्तव्यनिष्ठा र जिम्मेवारीबोधका साथ कार्यसम्पादन गरेको भन्दै मन्त्रालयले उनको प्रशंसा गरेको छ ।

मन्त्री महतोले केसीलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन एक थान मोटरसाइकलसमेत हस्तान्तरण गरेका छन् । मोटरसाइकल उपलब्ध भएपछि नियमित गस्ती तथा नागरिकलाई शीघ्र सेवा प्रवाह गर्न सहज हुने अपेक्षा गरिएको छ ।

प्रशंसापत्रमा आगामी दिनमा पनि राष्ट्र र जनताको सेवामा उच्च मनोबल, निष्ठा र प्रतिबद्धताका साथ क्रियाशील रहँदै अझ उत्कृष्ट योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

सम्मान ग्रहण गर्दै प्रहरी निरीक्षक केसीले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार र उत्साहित बनाएको बताए । उनले सम्मान तथा प्रोत्साहनका लागि मन्त्री महतोप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि जनताको सेवामा थप प्रतिबद्धताका साथ काम गर्ने बताए ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर