काठमाडौं- नेपालमा थप १९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो ।
योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ ।
यस्तै कोरोना संक्रमणका कारण बिहीबारसम्म ५०९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।









