विशेष रिपोर्ट

थप १९ सय ११ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ८० हजार नजिक

657 Shares काठमाडौं- नेपालमा थप १९११  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण […]
[sharethis-inline-buttons]
थप १९ सय ११ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ८० हजार नजिक

काठमाडौं- नेपालमा थप १९११  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ ।

यस्तै कोरोना संक्रमणका कारण बिहीबारसम्म ५०९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर