जनकपुरधाम— सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ ।
कर्फ्यू आदेशबीच दुई पक्षबीच झडप बढ्दै जाँदा यहाँको अवस्था तनावग्रस्त बनेको छ ।
सिरहाका सहायक सीडीओ चेतराज बरालका अनुसार मृत्यु हुने व्यक्ति गणेश यादव रहेको खुलेको छ । अहिले यस क्षेत्रमा सेना परिचालन गरिएको छ ।
प्रदर्शनको क्रममा गोली लागि घाइते भएका अर्का युवक विकास ठाकुरको अवस्था पनि गम्भीर बनेको छ ।
उनलाई सेनाले थप उपचारका लागि हेलिकोप्टरमा लगेको बरालले जानकारी दिए ।










