काठमाडौं — नेपाली कम्युनिस्ट पार्टीले सलाही निवासी पार्टीका केन्द्रीय सदस्य अशोक कुमार यादव र उनको परिवारमाथि स्थानीय प्रहरीले गरेको भनिएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै ट्याक्टर र ट्रकबीच भएको सामान्य सवारी दुर्घटनालाई लिएर प्रहरीले यादवको घर तथा गाउँमा बारम्बार छापा मार्ने, परिवारलाई त्रसित बनाउने तथा अतिरञ्जित ढंगले मुद्दा अघि बढाउने प्रयास गरेको आरोप लगाएको छ। पार्टीले यस्ता गतिविधिको विरोध तथा भर्त्सना गरेको छ।

विज्ञप्तिमा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्नेमा पार्टी स्पष्ट रहेको उल्लेख गर्दै, घटनालाई अनावश्यक रूपमा उचालेर नियोजित ढंगले आरोप लगाउने तथा परिवारलाई दुःख दिने कार्य नगर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

साथै, पार्टीले प्रहरी प्रशासनसँग उक्त घटनाको कानुनसम्मत, निष्पक्ष र पूर्वाग्रहविहीन अनुसन्धान गर्न माग गर्दै अनुसन्धान प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।

उक्त विज्ञप्तिमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip