महोत्तरी— मगही भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले अप्पन मिडिया प्रोडक्सन हाउस प्रा.लि., ढल्केबरको आयोजनामा तथा गौशाला नगरपालिका–११ को सहयोगमा अन्तरविद्यालयस्तरीय मगही कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रामपृत महतो कोईरी रहेका थिए। विशिष्ट अतिथिका रूपमा सन्त सत्यनारायण  आलोक (बाबा) उपस्थित थियो भन्ने डा.वीरबहादुर महतोको सभापतित्वमा कार्यक्रम सम्पन्न  भएको हो  । अतिथिका रूपमा नागेन्द्र सत्या,बिजय कुमार दास, पूजा पन्डित ,ओम महतो गौशाला नगर शिक्षा समिति सदस्य उमेश कुमार महतोको समेत उपस्थिति रहेको थियो।

कविता वाचन प्रतियोगितामा श्रीराम जानकी सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलकी छात्रा निशाकुमारी मण्डल प्रथम, श्री त्रिभुवन नमुना माध्यमिक विद्यालय गौशालाका चन्दिप यादव द्वितीय तथा श्री जनता माध्यमिक विद्यालय भरतपुर खोरकी आदिति यादव तृतीय हुन सफल भएका छन्।

त्यसैगरी राष्ट्रिय माध्यमिक विद्यालय बहादुरगञ्जका बिद्यार्थी र ओम क्रिएटिभ इङ्ग्लिस बोर्डिङ स्कुल लक्ष्मीनियाका  विद्यार्थी सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।

कार्यक्रमको उद्घोषण शिक्षक दीपलाल महतोले गरेका थिए भने प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षक अमित कुमार शाह, जीवनाथ चौधरी तथा साहित्यकार फुलगेन मगही रहेका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले मगही भाषामा विविध विषयवस्तु समेटिएका कविता प्रस्तुत गरेका थिए। वक्ताहरूले मातृभाषा मगहीको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा भाषाप्रतिको आकर्षण बढाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip