विशेष रिपोर्ट

मालपोत कार्यालय चोक बाहिर सार्न खोजेपछि ढल्केवरका व्यवसायी आन्दोलित, बजार बन्द

657 Shares धनुषा— धनुषाको ढल्केवरस्थित भूमि प्रशासन (साविक मालपोत) कार्यालयलाई बजार क्षेत्रबाट बाहिर सार्ने खोजेपछि स्थानीय व्यवसायीहरु बजार बन्द गरेर आन्दोलित बनेका छन् । उनीहरूले […]
[sharethis-inline-buttons]
मालपोत कार्यालय चोक बाहिर सार्न खोजेपछि ढल्केवरका व्यवसायी आन्दोलित, बजार बन्द
657
Shares

धनुषा— धनुषाको ढल्केवरस्थित भूमि प्रशासन (साविक मालपोत) कार्यालयलाई बजार क्षेत्रबाट बाहिर सार्ने खोजेपछि स्थानीय व्यवसायीहरु बजार बन्द गरेर आन्दोलित बनेका छन् । उनीहरूले सरकारको निर्णयविपरीत कार्यालय स्थानान्तरण गर्न खोजिएको आरोप लगाउँदै आन्दोलित बनेपछि ढल्केवरको अवस्था तनावग्रस्त बनेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ असोज १४ गतेको निर्णयअनुसार धनुषाको ढल्केवरमा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय भएको थियो । स्थानीय युवाहरूको लामो संघर्षपछि २०८० मंसिरमा कार्यालय स्थापना भएको थियो भने २०८१ जेठ १८ गतेदेखि विधिवत रूपमा सेवा सञ्चालनमा आएको थियो ।

कार्यालय रहेको भवनको दुईवर्षे भाडा सम्झौता अवधि २०८२ मंसिरमा सकिएपछि नयाँ भवन छनोटका लागि सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाअनुसार साविककै घरधनीसहित बजार क्षेत्रभित्रका अन्य व्यक्तिहरूले पनि शिलबन्दी दरभाउ पेश गरेका थिए । तर कार्यालय प्रमुख रोहित विश्वकर्माले ढल्केवर बजार क्षेत्रका भवनहरुलाई विभिन्न बहानामा अनुपयुक्त ठहर गर्दै कार्यालयलाई साविक नकटाझिज गाविस क्षेत्रतर्फ सार्न खोजेको मिथिला नगरपालिका वडा नं ६ का वडाध्यक्ष नन्दकिशोर यादवले बताए ।

मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा बटेश्वर गाउँपालिकालाई कार्यक्षेत्र बनाएको उक्त कार्यालय यातायात पहुँच र सेवाग्राहीको सहजताका दृष्टिले पनि बजार क्षेत्रभित्रै रहनुपर्ने वडाध्यक्ष यादवको जिकिर छ ।

भूमि प्रशासन कार्यालय ढल्केवरका प्रमुख रोहित विश्वकर्माले बिहिबार कार्यालय स्थान्तरणको सूचना जारी गर्दै जेठ २१ गते बिहिबार र २२ गते शुक्रबार दुईदिन सेवा अवरुद्ध हुने बताएपछि ढल्केवरको अवस्था तनावग्रस्त बनेको छ । कार्यालय ढल्केवर चोकभन्दा एक किलोमिटर पूर्व साविकको नकटाझिज गाविसमा स्थान्तरण गर्न लागेको हो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर