document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1200;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ ।
अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर भेटायो ।
कोलकाताको जितको हिरो शुभमन गिल बने । उनले ६२ बलमा नटआउट ७० रन बनाएका उनी म्यान अफ द म्याच बने । इयान मोर्गनले २९ बलमा नटआउट ४२ रन योगदान गरे ।
कोलकाताको सुरुवात भने राम्रो थिएन । ओपनिङमा आएका सुनिल नरेन दोस्रो ओभरमै आउट भए । उनले रनको खाता खोल्नै पाएनन् ।
यसैगरी नितिश राणाले १३ बलमा २६ रन बनाए ।
कप्तान दिनेश कार्तिकले पनि कुनै कमाल गर्न सकेनन् । उनले खाता नै खोल्न सकेनन् । उनी राशिद खानको बलमा एलबीडब्लु भए ।
सातौं ओभरमा तेस्रो विकेट गुमाइसकेको कोलकाताको स्कोर ६३ रन थियो । अप्ठ्यारोस्थितिमा देखिएको टिमलाई शुभम गिलले सम्हाले । उनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए भने कोलकाताले एक सय रनको आँकडा १४ ओभरमा पूरा गरिसकेको थियो ।
पाँचौ नम्बरमा ब्याटिङमा आएका इयान मोर्गन पनि राम्रो लयमा थिए । मोर्गन र गिलले ९२ रनको साझेदारी गर्दै कोलाकातालाई जिताए ।
यसअघि अबुधाबीको शेख जायद स्टेडियममा पहिले टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।
कोलकाताका लागि मनिष पाण्डेले सर्वाधिक ५१ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । कप्तान डेभिड वार्नरले ३६, रिद्धिमान साहाले ३० र मोहम्मद नावीले ११ रन बनाए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् ।









